काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
