तनहुँ शुक्लागण्डकी-९ को वडाध्यक्षमा कांग्रेसबाट सापकोटाको उमेद्वारी दर्ता

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ को वडाध्यक्षमा शिक्षाविद् मुक्ति प्रसाद सापकोटाले उमेद्वारी दर्ता गराएका छन् । सापकोटाले सत्ताढ दल नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उमेद्वारी दिएका हुन् ।

लामो सयम शिक्षा, समाजसेवा र राजनैतिक क्षेत्रमा क्रियाशील सापकोटालाई कांग्रेसले यसपटक वडाध्यक्षमा उठाउने निर्णय गरेको हो । लामो समय शिक्षण पेशामा लागेका सापकोटा शुक्लागण्डकीमा लोकप्रिय छन् ।

Advertisement

२०५०–५१ सालदेखि पृथ्वी नारायण क्याम्पस पोखराबाटै विद्यार्थी राजनीतिमा होमिएका सापकोटा हालकांग्रेस तनहुँ क्षेत्र नम्बर-२ प्रदेश (क) का सहसचिव समेत हुन् ।

नगरपालिका प्रमूखमा कांग्रेसबाट कृष्ण राज पण्डित र उपप्रमूखमा नेकपा (माओवादी)का राजु वि.क. ले उमेद्वारी दर्ता गराएका छन् । नगरप्रमूख र उप–प्रमूखमा गठबन्धन भएपनि वडाहरुमा भने दलहरुले आ(आफ्नै उमेद्वार उठाएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकीको मेयरमा कांग्रेस उमेद्वार किसान गुरुङ निर्वाचित भएका थिए ।

More News last news
Loading...