काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ आरालो लागेको छ ।
बिहीबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार भने ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही सुन १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको १३ सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
