आज (शुक्रबार) यस्तो छ सुुन चाँदीको भाउ

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

हिजो बिहीबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आज छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सोही सुन १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलको १३ सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...