स्याङ्जाको पुतलीबजारमा कांग्रेसले टुंगायो उम्मेद्वार, कुन वडामा को भिड्दै छन् ? (सुचीसहित)

 स्याङ्जा। नेपाली कांग्रेस स्याङ्जाले पुलीबजार नगरपालिका र भीरकोट नगरपालिकाका वडाहरुमा अध्यक्षका उम्मेद्वार टुंगाएको छ । वडा तहबाट छनौट गरेर पठाईएका नामहरुमाथी छलफल गर्दै क्षेत्रीय संसदीय बोर्डले उम्मेद्वारको टुंगो लगाएको हो । 

जसअनुसार कांग्रेसबाट वडा नं १ मा उत्तम श्रेष्ठ, वडा नं २ मा वालकुमार गुरुङ निर्विरोध, वडा नं ३ मा राजेन्द्र श्रेष्ठ, वडा नं ४ मा शिव थापा, वडा नं ५ मा अर्जुन कार्की, वडा नं ६ मा किसान कार्की, वडा नं ७ मा इम बहादुर, ८ मा यमबहादुर सेन, वडा नं १० मा अग्नि पौडेल, वडा नं ११ मा मनोज पौडेल, वडा नं १३ मा जगत कोइराला र वडा नं १४ जितेन्द्र मल्ललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

Advertisement

पुतलीबजार नगरपालिकाका धेरै वडाहरुमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गर्दै वडा नं ९ को अध्यक्ष माओवादी केन्द्रलाई दिएको छ भने अन्य वडाहरुमा सदस्य दिएको छ । यता, वडा नं १२ खेम गुरुङ र दिलनाथमध्ये एक जना उम्मेद्वार बन्ने पक्का भएतापनि सहमति भईसकेको छैन् ।

यस्तै स्याङ्जाकै भीरकोट नगरपालिकाका ४ वटा वडामा पनि उम्मेद्वार टुंगिसकेका छन् । जसअनुसार वडा नं १ मा क्षेत्रबहादुर थापा, २ मा श्यामकाजी र रमेश पौडेल मध्ये एक, ३ मा केशरबहादुर क्षेत्री र ४ रत्न प्रकाश श्रेष्ठ उम्मेद्वार बन्ने भएका छन् अन्य वडाहरुको भोलीसम्ममा टुंगिने छ ।

यस्तै नगर प्रमुख र उपप्रमुखको हकमा छलफल जारी रहेकोले टुंगोमा पुगिनसकेको स्रोतले बतायोl

More News last news
Loading...