आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पाचौँ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ।

हिजो (बुधबार) तोलामा १ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज थोरै घटेर प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आज छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सोही सुन १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज सुनको भाउ बढेपनि आज चाँदीको भाउ बढे घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलको १३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...