काठमाडौँ । आज साताको चौँथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।
हिजो (मंगलबार) तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज झन् घटेर प्रतितोला १५ सय रुपैयाँ सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही सुन १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
