काठमाडौँ । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो।
लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन्।
दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
