काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ बढेको छ। मंगलबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आजभने प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
