जनप्रतिनिधिको व्यक्तिवादी व्यवहारले निर्वाचनमा आकांक्षीको संख्या बढ्यो : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनप्रतिनिधिहरुको व्यवहार व्यक्तिवादी भएका कारण स्थानीय तह निर्वाचनमा आकांक्षीहरुको संख्या बढेको बताएका छन्।

पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलले मंगलबार स्याङ्जाको वालिङमा आयोजना गरेको कार्यक्रममा उनले २०७४ को चुनावमा विजयी जनप्रतिनिधिहरुले व्यक्तिवादी व्यवहार देखाएकाले अहिले आकांक्षीको संख्या बढेको बताएका हुन्।
‘गएको चुनाव जित्नेहरुले पार्टीका मान्छेलाई पार्टीले जितेको हो भनेर महसुस गराउन सकेनन्।

Advertisement

उनीहरुको व्यवहार व्यक्तिवादी भयो,’ नेता पौडेलले भने, ‘पार्टीका कार्यकर्ताहरुको मन जित्ने खालको भएन। जसले गर्दा अहिले उम्मेदवारका आकांक्षी बढे।’

पार्टीले निर्वाचन जिते पनि आफूले जितेको अनुभूति हुन नसकेका कारण अहिले अधिकांशले उम्मेदवार बन्न जोडबल गरिरहेको उनको भनाइ थियो। ‘जितेकाहरुको व्यवहार व्यक्तिवादी भएका कारण उम्मेदवार हुन पाइएन भने पार्टीको जसले जिते पनि आफूले जितको अनुभूति भएन,’ पौडेलले भने, ‘त्यसकारण उम्मेदवार हुने कुरामा धेरैले जोडबल दिँदैछन्।’

जित्ने मान्छेले पार्टीको वारेस भएर जितेको भन्दै उनले पार्टीको प्रतिनिधि भएर जितेका उम्मेदवारले राम्रो काम गर्दा पार्टीको उचाई र लोकप्रियता बढ्ने तथा नराम्रो गर्दा पार्टीको लोकप्रियता घट्ने पनि बताए। निर्वाचन व्यक्तिले नभएर पार्टीले लड्ने भएका कारण जित्नेले सबै कार्यकर्तालाई पार्टीले लडेको महसुस गराउनुपर्नेमा उनले जोड दिए।

‘चुनाव पार्टी लड्ने हो व्यक्ति लड्ने होइन। यस कारण सबै कार्यकर्ताले पार्टी लडेको महसुस गराउनका निम्ति जित्ने प्रतिनिधिहरुले मैले पार्टीबाट जितेको हुँ भन्ने महसुस गराउने गरी पार्टीलाई लोकप्रिय गराउने गरी काम गराउनु प¥यो,’ पौडेलले भने, ‘यसो भयो भने उम्मेदवारै बन्न मरिहत्ते गर्ने अवस्था नरहन सक्छ।’

उनले नेकपा एमाले नेतृत्वको सरकारले ठाउँठाउँमा टावर निर्माण गरेर भ्रष्टाचार गरेको आरोप पनि दोहो¥याए। पौडेलले एमालेले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत जनतालाई अल्छी बनाएको पनि टिप्पणी गरे।
‘स्वरोजगार कोषले जनता अल्छी बनायो। राज्यको अबौँ रकम अनुत्पादक ठाउँमा खर्च भयो,’ उनले भने।

More News last news
Loading...