यस्तो छ सिंह राशिका व्यक्तिको नयाँ वर्ष २०७९ साल, हेर्नुहोस् [वार्षिक राशिफल]

ज्यो. पं. वैद्यराज दीपक सुवेदी । सिंह राशि/Leo (म.मि.मु.मे.मो.ट.टि.टु.टे.)  l सिंह राशिका व्यक्तिहरूको लागि वि.सं.२०७९ को साल वर्षको पहिलो खण्डमा कुनै ग्रहले साथ दिने त कुनै ग्रहले अवरोध पनि गर्ने भूमिकामा ग्रहहरू देखिएको हुनाले विशेष उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । विशेष उपायको साथमा अघि बढ्नाले विशेष उन्नतिप्रगति गर्नसकिने छ ।

गोचरग्रहको सकारात्मक प्रभाव रहने हुनाले विद्यार्थीले पढाईमा बढी समय दिनु उचित हुनेछ । रोकिएर रहेको अध्ययनलाई पूरा गर्न सकिने छ । उद्यम व्यावसायमा उन्नति प्रगति हुनजाने छ । खेलकुद लगायत प्रतिस्पर्धाजन्य कार्यमा सफल भइने छ । राजनीति समाजसेवा आदिमा पनि सफलता मिल्ने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको लागि पनि समय अनुकूल रहने छ । विवाहयोग्य युवायुवतीको वैवाहिक सम्बन्ध जोडिने छ । विवाहितहरूको दाम्पत्यसम्बन्धमा माधुर्यता बढ्ने छ ।

Advertisement

घरपरिवारमा माङ्गलिक आदि धार्मिक सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम संपादन हुनजाने छ । व्यापार व्यावसाय एवं उद्योगधन्दा फस्टाउने छ । कुनै विशेषखालको उद्यमको शुरुवात गर्नगराउन गोचरग्रहले सपोट गरिरहेको छ । यसै गरी टाढिएका प्रेमीप्रेमिकाको मिलन हुनेछ । अवरोधक बनेका ग्रहको विशेष उपाय गरी अघि बढेको खण्डमा तपाईलाई यो समयमा दिग्विजय प्राप्त गर्ने योग बनेको छ । निकै विवेक पुर्याएर कर्मयोग गर्नुहोस् ।

गृहनिर्माण गर्ने, जग्गाजमिन एवं वरवाहन तथा साधन जोड्ने जस्ता शुभफललाई गोचरपरिषद्ले साथ दिएको छ । वेरोजगारलाई जागिर मिल्ने छ भने, जागिरेलाई पदोन्नति हुनेछ । समाजिक प्रतिष्ठा एवं प्रख्याति बढेर जाने छ । पशुपालन तथा कृषिकर्मबाट लाभ हुनेछ ।

वर्षको मध्य–उपरान्त गोचर स्थिति अल्लि खस्किने देखिएको छ । केही विपरित फलको सामना गर्नुपर्ने छ । महादशा अन्तर्दशा योगिनी दशा आदिमा प्रतिकूल दशा चल्नेहरूलाई मातृपितृ एवं मान्यजनलाई पिर्नसक्ने देखिन्छ । आफ्नै स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्नसकिन्न । छाती, हात, खुट्टा एवं ढाडकम्मरसम्बन्धी समस्या देखिनसक्ने छ ।

मधुमेह, उच्चरक्तचाप तथा हृदयरोग, यक्ष्मा जस्ता दीर्घरोगीलाई सास्ती बढ्नसक्ने भय देखिएकोले बढी नै सावधानी अप्नाउनु पर्ला । दाजुभाइमा कष्ट तथा विवाद, पारिवारिक असमझदारी, कार्यक्षेत्रमा अवरोध, आलोचना, द्वन्द एवं कामकार्यमा विलम्बता जस्ता प्रतिकूल स्थितिको सृजना हुने तथा विपरित प्रभावको सामना गर्नपर्ने छ ।

सिंह राशि हुने व्यक्तिहरूले रातो, सेतो र पहेंलो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ भने हरियो रङ्गको प्रयोग मध्यम रहने छ । यसै गरी १, ५ र ९ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने २ र ६ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारकत्त्वको पनि विचार पुर्याउन जरुरी भने हुनेछ ।

सिंह राशिका व्यक्तिहरूले यो वर्ष भरी भैरवदेवको र वर्षको मध्यपछि माँ बगलामुखीको साथमा पितृ एवं कुलदेवताको र वर्षान्ततिरबाट पवनपुत्र हनुमानजीको यसै गरी विद्यार्थीहरूले माँ सरस्वतीकोसेवा आराधना उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले राहु को वर्ष भरी नै, केतुको वर्षको मध्यसम्म र वर्षको मध्यपछि गुरु बृहस्पतिको साथै वर्षान्ततिरबाट शनि ग्रहको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

More News last news
Loading...