आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार)नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज झन् प्रतितोला ८ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...