शेर साङ्बो । नेपाली जनताले बिगत लामो समयदेखि विभिन्न काल-खण्डमा नेपालको राष्ट्रिय राजनैतिक परिवर्तन देख्दै आइरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, हुँदै अहिले समाजवादको बाटो हिड्ने प्रयास भैरहेको छ ।
तर, नेपाली जनताले सोचेको जस्तो खोजेको जस्तो विकास, समृद्ध, सु-शासन, सदाचार, भ्रष्टाचारमुक्त र समुन्नत समाजवादको अनुभूती गर्ने गराउने खालको नेता कहिल्यै पाउन सकेन र कहिले पाउला भन्ने आम जनताले प्रश्न गरि रहेका छन् l

नेपाली जनताले देशमा परिवर्तनको खातिर ठुला–ठुला आन्दोलन गरे । हजारौँले आफ्नो राष्ट्रका निम्ति शहिद भई बलिदानी दिए आफ्नो र भावी सन्ततीको उज्वल भविश्यका लागि भनेर । तर मुलुकमा राजनैतिक परिवर्तन पटक–पटक भए पनि नेपाली जनताले कहिल्यै गास, वास्, कपास, रोजगार, स्वास्थ्य, शिक्षाको सुनिश्चित महशुस गर्न सकिएन ।
त्यसैले, वर्तमान राजनैतिक नेतृत्वबाट नयाँ पुस्ताले अब देश र नयाँ पुस्ताको भविश्य नबन्ने भन्दै आफ्नो सुनौलो भविश्यको खोजि गर्दै शिक्षित युवा वर्गहरु खाडी र युरोप अमेरिका भासिने क्रम बढ्दो छ। यहाँ प्रतिनिधि पात्रको रुपमा बिजय प्रकाश शाहलाई प्रस्तुत गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने घर भई हाल भिजिट भिषामा खाडी मुलुक दुवाईआई आफ्नो सिविल इन्जिनियरको जागिर खोजिरहेका छन् । नेपालमा रहँदा आफुँले जनकपुर उपमहानगरपालिकाको ओभरसिएरमा जागिर खाने प्रयास गरेपनि नगरपालिकाका जिम्मेवार व्यक्तिले नै एक लाख रुपैयाँ घुस मागेपछि जागिरबाट पछि हटेको बिजय प्रकाशले दुखेसको पोखे ।
उनले भने, नेपालमा कुनै पनि सरकारी जागिर खान घुस दिए मात्र छनौट हुने नभए जति सुकै शिक्षित र सक्षम भए पनि जागिर खान असम्भव छ। बरु प्राइभेट कम्पनीमा जागिर पाउन सहज र निष्पक्ष रहेको सिविल इन्जिनियर बिजय प्रकाशले बताए ।
यहाँ सेना, प्रहरी, निजामती कर्मचारीहरु सबैको कार्य समय अवधी तोकिएको हुन्छ । अनि हाम्रो देशको नेताहरुको उमेर हद समय सीमा स्वास्थ्य शिक्षाको मपदण्ड किन हुन्न भन्दै उल्टै विजयले प्रश्न गरे । त्यसैले, मुलुक भित्र भ्रस्टाचार, घुस खोरीहरु कमाउने र आफु रमाउने तिर लागेको गुनासो पोखे । उनीहरुलाई देश र जनताको चिन्ता रती भर नरहेको युवाहरुले आरोप लगाए ।
अब जनताले नेता सुधार्नेकी नेताले जनता सुधार्ने भन्ने आम प्रश्न जनमानसमा उब्जिएको छ । त्यसैले, अब हामी जनता नै पहिला सुध्रिनुपर्ने र युवा पुस्ताका नेतालाई चयनगरी देशको अवस्था र व्यवस्था समय सापेक्षा बदल्नु पर्ने वर्तमान आवश्यकता रहेको युवाहरुले महशुस गरी रहेको प्रकाशले बताए ।
हामी जन्मेदेखि देख्दै आएको उही पञ्जायती कालदेखि हामीलाई राजनैतिक बाटो देखाउने बूढापाका समय सापेक्ष मिशन भिजन, जोश जाँगार, दूर दृष्टि नभएका नेताहरुलाई स–सम्मान बिदाई गर्दै अब युवा नेताहरु अगाडी आउनु बर्तमान आवश्यकता हो ।
त्यसैले समय सापेक्षा अब हामी नेपाली युवाहरु यसरी नै विदेसिनु नै समस्याको समाधान हो भन्ने भ्रम त्यागेर एकजुट भएर देश र जनताको सेवा गर्न तयार हुनुपर्ने हजारौँ नेपाली युवाहरुको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
