आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ। बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ५ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९९हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...