बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

Advertisement

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो। पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो।

More News last news
Loading...