आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ। मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले नयाँ पुस्तालाई जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...