दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्षमा पुनः उठ्ने योजनामा शिव कुमार श्रेष्ठ।
सदरमुकाम भनेर चिनिने दुलैगौंडामा २०७४ सालको स्थानीय निर्वाचनमा अत्यधिक मत सहित बिजय भएका श्रेष्ठ आफ्नो कार्यकालमा लोकप्रिय काम गरेर जनताको मन जितेको भन्दै पुनः अध्यक्षको दावेदारको आफुँलाई प्रस्तुत गरेका हुन् ।
लोकप्रिय नेताको छवि बनाएका श्रेष्ठले यसअघि आफु निर्वाचित भए लगत्तै वडालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने उद्देश्यले टोलटोलमा बत्ती जडान, सिसि टिभी जडान, सडक किनारामा वातावरण मैत्री फुल बगैँचा व्यवस्थापन, कौसी तरकारी खेती विस्तार, युवा, महिला बालबालिका, अपाङ्ग मैत्री कार्यक्रमहरू, ज्येष्ठ नागरिक सम्मान, अग्नी नियन्त्रण वितरण, सेती नदीमा ५ वडा जोड्ने मुख्य मार्ग निर्माण, शवदहान स्थल निर्माण, विभिन्न संस्कृती प्रवर्द्धन कार्यक्रमहरू, नमुना विद्यालय निर्माण अभियान, युवा तथा खेलकुद कार्यक्रम, युवा क्लब, आमा समूह लगायत विभिन्न संघसंस्थाहरूको भवन निर्माण, संस्थागत विकास तथा सेवा प्रवाहमा चुस्तदुरूस्त विपद् तथा वातावरण संरक्षणमा विशेष पहल गरेको बताए ।
केन्दमा रहेको ५ दलिय गठबन्धनले देशभरका स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले देशभरका कार्यकर्तालाई आफुँखूशी उमेद्वारी घोषणा नगर्न निर्देशन दिएका छ। यसै कारण पनि यसअघिका निर्वाचनमा जस्तो आफुँखूशी उमेद्वारी घोषणा भने अहिले देखिएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
