राजाका चौतारामा खुल्यो राप्रपाको कार्यालय, ज्ञानेन्द्र शाहीले गरे उद्घाटन

पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु होमिसकेका छन् । सत्तारुढ दलदेखि प्रतिपक्षीहरुले पनि चुनावी अभियानलाई स्थानीय तह, वडा र टोलसम्म पुर्याएका छन् । यसैक्रममा पछिल्लो समय आक्रामक चुनावी अभियानमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका ३२ मा पनि वडा कार्यलय स्थापना गरेको छ। राप्रपाले पोखरा ३२ को राजाकाचौतारमा आफ्नो चुनावी कार्यालय स्थापना गरेको हो ।

राप्रपाका प्रवक्क्ता तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, पार्टीका केन्द्रीय सदस्य डा भिमसेन गुरुङ, नेता बिष्णु पोख्रेल, लगायतको उपस्थितीमा वडा कार्यालय स्थापना भएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले पहिला भ्रष्ट्राचार गर्दिन भनेर आमा सम्झेर कसम खाएर मात्रै उमेद्वारी दर्ता गर्न आग्रह गरेका छन् । शाहीले भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह रहेको भन्दै अबको नेतृत्व भ्रष्ट्राचारी मात्रै नहुने हो भने टोल, वडा, तह, प्रदेश हुनहुँदै समग्रमा राष्ट्र नै विकसित हुने बताए ।

उनले भने, “उमेद्वारी दिनु अघि मन्दिरमा गएर मैले भ्रष्ट्राचार गर्दिन, भ्रष्ट्राचार गर्नु भनेको आमाको रगत खानु हो । म आमाको रगत खान्न भनेर खसम खानुस् त्यसपछि मात्रै उमेद्वारी दिनुहोस् ।”

राप्रपाबाट पोखरा ३२ को वडाध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा पार्टीका जिल्ला सदस्य सन्दीप धमलाले आकांक्षा देखाएका छन् ।

More News last news
Loading...