काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ। मंगलबार तोलामा १ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
आज सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले नयाँ पुस्तालाई जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
