फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, ग्यास पनि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको आयल निगमले जनाएको छ ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

Advertisement

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । आजदेखि ग्यासको मूल्य प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । यस अघि ग्यासको भाउ १५ सय ७५ रुपैयाँ रहेको थियो ।

 

More News last news
Loading...