दुलेगौँडा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका कारण देशभरको राजनैतिक माहौल तातेको छ । निर्वाचनमा भाग लिएका दलहरु र दलका नेताहरुले आ आफ्ना आकांक्षा पनि तिब्र रुपमा प्रस्तुत गर्न थालेका छन् । दलहरुले दलभित्र आन्तरिक रुपमा र विचार मिल्ने, मन मिल्ने दलहरुसँग बाह्य रुपमा पनि छलफल सुरु गरेका छन् ।
यसै सन्दर्भमा, तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयर बन्नलाई कांग्रेसमा मात्रै १० जनाले आकांक्ष देखाएका छन् । आज (मंगलबार) भएको छलफलमा वर्तमान मेयरसँगै १० जनाले मेयर बन्नलाई आकांक्ष देखाएको शुक्लागण्डकी नगर कार्य समितिका सहसचिव भिष्म श्रेष्ठले जानकारी दिए।
कांग्रेसबाट मेयरका आकांक्षीहरुमा किसान गुरुङसँगै, माधव भट्टराई, कृष्णराज पण्डित, प्राध्यापक डा. कृष्णप्रसाद गौतम, महेश्वर भट्टराई, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले रहेका छन् ।
उनका अनुसार, शुक्लागण्डकीको उपमेयरमा आठ जना आकांक्षी देखिएका छन् । कांग्रेस नेताहरु तारा अधिकारी, चन्द्रकला भट्टराई, टिकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र विना खनाल उप मेयरका आकांक्षी हुन् ।
मेयर र उपमेयर पदमा आकाङ्क्षा व्यक्त गरेका पदाधिकारीको नाम नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितीको बुधबार बस्ने भेलाले माथिल्लो समितिमा पठाउने छ।
‘नगरले कसैलाई हस्तक्षेप नगरी आकाङ्क्षी आफैँले उम्मेद्वारी हटाउन चाहान्छन् भने भोलि (बुधबार) सम्म हटाउन सक्छन् । यदि त्यसो भएन भने कांग्रेसको पदाधिकारीको बैठकले सबैको नाम पठाउने तयारी छ’, सहसचिव श्रेष्ठले भने ।
सबैभन्दा प्रभावशाली उमेद्वार माधव भट्टराई
शुक्लागण्डकीको नगरपालिकाको मेयरका आकांक्षीमध्यबाट सबैभन्दा प्रभावशाली देखिएका छन् माधव भट्टराई । निवर्तमान पार्टीका नगरसभापति समेत रहेका भट्टराईलाई अन्य दलबाट समेत मेयरका स्वभाविक उमेद्वारका रुपमा हेरिएको छ । भट्टराई अहिले कांग्रेस गण्डकी प्रदेश सदस्य रहेका छन् ।
नगरपालिकाका पहिलो मेयर जितेर इतिहांस रचेको कांग्रेसले यसपटक गठबन्धबाटै कांग्रेसका नेतालाई मेयरको उमेद्वार बनाउने सम्भावना छ । किनकी गठबन्धमा जोडिएका दलहरु मध्ये यस क्षेत्रमा कांग्रेस सबैभन्दा प्रभावशाली देखिन्छ ।
यसपटक केन्द्रबाटै सत्तारुढ दलहरु नेकपा माअोवादी, एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमार्चासँग गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
