मेयरका दाबेदार अधिकारीको समाजसेवा, जन्मदिनमा बिरामीलाई नगद सहयोग

काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले दुर्घटनामा परी उपचाररत विरामीलाई नगद रकम सहयोग गर्दै जन्मदिन मनाए।

नेपाली कांग्रेसका भीरकोटका सभापति समेत रहेका अधिकारीले दुर्घटनामा परी घाईते भएर उपचाररत अवस्थामा भीरकोट ९ निवासी अनु गुरुङलाई नगद रकम रु ११,५५५ हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन्।

Advertisement

गुरुङ हालसालै भीरकोट नगरपालिका १ बयरघारीमा दुर्घटनामा परेका थिए। सोही अवसरमा उनले ५५ जना बालबालिकालाई स्टेशनरी साम्रागी समेत वितरण गरेका छन् । यसअघि कोरोना महामारीका बेला समेत वडावासी र नगरबासीको सेवामा खटेका अधिकारीलाई आसन्न स्थानीय तह निर्वाचनमा भीरकोट नगरपालिकाको नगर प्रमुखको प्रमुख दाबेदारीका रुपमा हेरिएको छ ।

सोही अवसरमा भीरकोट तरुण दलका अध्यक्ष राजकुमार गुरुङले युके निवासी सुधा थापाले पठाएको सहयोग रकम रु ११,२०० पनि उपचारत गुरुङलाई हस्तान्तरण गरेका थिए।

More News last news
Loading...