सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय : प्रदिप पौडेल

 

तनहुँ l नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय भएको बताएका छन्।

घारी तालवेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा शुक्लागन्डकी-९ तनहुँमा आयोजित नयाँ खानेपानी लाईन तथा ट्की समुदघाटन कार्यक्रममा सहभागी हुँदै कायक्रमका प्रमुख अतिथि ,नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री शेर बहादुर देउबाको भारत भ्रमणलाई लक्षित गरी यस्तो बताएका हुन् l

Advertisement

उनले सीमा विवादको गाँठो फुकाउने विषयलाई मौसमी नबनाउन पनि सुझाब दिएका छन्।

मित्रवत समझदारी र निरन्तर पहल मार्फत सीमा-विवाद समाधानलाई उचित निष्कर्षमा पुर्याउने जिम्मेवारीलाई प्रथमिकतामा राख्न पनि पौडेलले सरकारलाई आग्रह गरेका छन्।

More News last news
Loading...