मोवाईल व्यवसायी महासंघको प्रथम वार्षिक साधारणसभा चैत २५ गते हुने

काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो ।

महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान ९ः०० बजे होटल एलफ्टमा सुरु हुने छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, माननीय विशाल भट्टराई, व्यवसायी दिपक मलहोत्रा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहने महासंघले जनाएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिने समेत जनाईएको छ । कार्यक्रममा सहभागि हुन नेपाल मोवाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सम्पूर्णमा आह्वान गरेका छन् ।

उनले ४० जिल्लामा विस्तार भएको संस्था २ वर्षको अबधिमा ७७ जिल्लामा संरचना विस्तार गर्ने जानकारी दिए । साथै, उनले नेपालमा छरिएर रहेका मोबाईल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवाला समक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए ।

उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महसुस गरेको दाबी समेत गरे।

साथै, उनले अर्बौं राजश्व बुझाँउने कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाए।

More News last news
Loading...