नेकपा एमाले स्याङ्जाका लोकप्रिय नेता कांग्रेस प्रवेश

स्याङ्जा । नेकपा एमाले स्याङ्जाका लोकप्रिय नेता लक्ष्मीप्रसाद बराल (बद्री) सहितका नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका बराललाई नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदिप पौडेल, नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधान सभा सदस्य राजु थापा लगायतले पार्टी प्रवेश गराएका हुन् ।

Advertisement

फेदीखोला गाउँपालिका वडा नं १ निवासी बराल नेकपा एमालेमा लोकप्रिय नेताका रुपमा परिचित थिए । एमालेको गण मानिने फेदीखोलाबाट बरालसहित एक सय वढी कार्यकर्ता कांग्रेस प्रवेश गरेसँगै नेकपा एमालेको गण भत्कन सक्ने अनुमान समेत गरिएको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले एमालेले विगतमा गरेका कामबाट आजित भएर नेता, कार्यकर्ताहरुमा कांग्रेस प्रवेश गर्ने लहर चलेको र अब देशलाई कांग्रेसले मात्र निकास दिन सक्ने बताए ।

नेपाली कांग्रेसले स्थानीय तहमा सञ्चालन गरेको घर घर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत पालिकाहरुका वडा वडामा शशक्त कार्यक्रम गरिरहेको छ ।

More News last news
Loading...