काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) सुनको भाउ झन् घटेको छ। अघिल्लो सातादेखि निरन्तर उकालो लागेको सुनको भाउ सोमबारदेखि लगातार घटिरहेको छ।
आज सुनको भाउ तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा सुनको भाउ आज ४०० रुपैयाँले घटेको हो। आज तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
