बेइजिङ । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ। १३३ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो।
चाइना सेन्ट्रेल टेलिभिजनले भन्यो, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीको टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ। ’
सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो।
सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक विवरणहरुमा जनाइएको छ। घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
