एजेन्सी । भारत र पाकिस्तानबीच सम्बन्ध निकै चिसिएको छ । दुवै देश एक अर्काविरुद्ध आरोप प्रत्यारोप र आक्रोश पोखिरहेका हुन्छन् । दुवै देशका नेताहरुबीच भेटघाट हुन नसकेको वर्षौं भइसकेको छ ।
यसपटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आश्चर्यलाग्दो अभिव्यक्ति दिएका छन् । उनले भारतको प्रशंशा गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो छिमेकी मुलुक छ हिन्दुस्तान । आज म हिन्दुस्तानको प्रशंशा गर्छु ।’
प्रशंशा गर्नुको कारण खुलाउँदै उनले भारतबारे भने, ‘उसले जहिले पनि स्वतन्त्र विदेश नीति अबलम्बन गरिरहेको छ । क्वाडमा अमेरिकासँग एलायन्स किन गरिरहेको छ ? रुसबाट तेल मगाइरहेको छ जबकि प्रतिबन्ध लागेको छ ।’
हिन्दुस्तान अमेरिकासँग मिलेको तर रुससँग तेल मगाइरहेको भन्दै भारतको नीति प्रशंशा गर्न लायक रहेको टिप्पणी गरे । भारतको विदेश नीति जहिले पनि आफ्नो जनताको हितमा ध्यान दिने गरेको उनको भनाई थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
