काठमाडौं । धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका(११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
