सुजितकुमार खड्का । प्रवासी नेपालीहरुको अन्तरास्ट्रिय छाता संगठन गैर आवासीय नेपाली संघको उम्मेद्वर मनोनयन प्रक्रिया सम्पन्न भएको छ । जसमा केहि पदका उमेद्वारहरु निर्विरोध निर्बाचित भएका छन् ।
निर्बिरोध निर्वाचित हुने मध्येकी एक हुन् सह–कोषाध्यक्ष उम्मेद्वार यमुना भट्टराई । बिगत लामो समयदेखि अमेरिकामा बसोवास गर्दै आएकी भट्टराई पेसाले अमेरिकामा लिकोर, घर, जग्गा ब्यबसाय गर्दै आएकी छिन् ।
आफ्नो घर परिवार र साथी भाइको सहयोगबाट आफुले यो सफालता हात पारेको उनले बताउँदै आएकी छिन् । भट्टराई लामो समय अमेरिकामा सामाजिक कार्यमा संलग्न छन् । एनआरएनएको एक कार्यकाल सम्पन्न गरि सकेकी भट्टराई सबैको विश्वास र सहयोगले सह–कोषाध्यक्ष जस्तो महत्वपूर्ण पदमा निर्बिरोध निर्बाचित भएकी छन् । यो सबै चालिस लाखभन्दा बढी बिदेशी भुमिमा कार्यरत युवा युवतिको सान हो भन्दै उनलाई बधाइको ओइरो आइरहेको छ ।
एनआरएनएको पुरै परिणाम भने आउन बाँकी नै छ । यहि चैत्र १० गते हुने संघको निर्बाचनका लागि दोश्रो चरणको उम्मेद्वर नामावली समेत् प्रकाशित भइसकेको छ । यसबारे संक्षिप्त प्रति क्रिया दिंदै भट्टराईले भनिन्, एनआरएनए हामी लाखौँ लाख नेपालीहरुको ढुकढुकी एवं भरोसको केन्द्र भएकोले सबै मिलेर यसको जर्गेना गर्नुपर्छ ।
‘विदेशको सीप एवं प्रशासनिक, राजनीतिक, आर्थिक र प्राविधिक विषयलाई यसै संस्था मार्फत नेपाल सम्म जोड्ने र नेपालको विकासमा सहयोग पुर्याने लक्ष्य उद्देश्यका साथ आफुँ यस विषयमा अझ बढि उत्सुकक्ताका साथ अगाडी बढ्ने छु ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
