सन्तोष तिमिल्सिना/दोहा l कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालले ११२ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिकामा रहेका निम्नमाध्यामिक विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई सेनेठरी प्याड बनाउने एक दिने तालिम दिएको छ।
परिषद्ले सो गाउँपालिका भित्रका विद्यालयमा अध्यनरत ८ र ९ कक्षामा अध्यनरत छात्राहरुलाइ (सेनेटरी प्याड बनाउने) एक दिने तालिम सप्पन्न गरेको हो ।
गाउँपालिका प्रमुख युबराज कुवरले उद्घाटन गरेको कार्यक्रममा केन्द्रीय महिला संयोजक पुजा गिरीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारे जानकारी गराएकी थिइन् ।

त्यसपछि लगतै प्रमुख अथितीले आफ्नो सुभकामना भनाइ राख्दै प्रवासमा रहेका कास्केली दाजुभाई दिदिबहिनी हरुले सामाजिक कार्यको लागि सस्था स्थापना गरि अत्यन्तै राम्रो कार्यको सुरुवात भएको र कस्केलीहरुको मन अत्यन्तै खुल्ला सहयोगि रहेको भन्दै बिशेष धन्यवादका साथआभार प्रकट गर्दै जस्तो नाम उस्तै काम भनि सस्थाको प्रसम्शा गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अथितीका रूपमा आफ्नो सुभकामना भनाइ राख्दै सस्थाका सस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाले सस्थाले आफ्नो स्थापनाकाल देखिनै सामाजिक कार्या गर्दै आएको र सस्थाको मुख्य उदेश्य नै आफ्नो जिल्ला भित्र सामाजिक कार्य गर्नु रहेको बताउनुको साथै विभिन्न रोगहरु बाट जोगिन आफ्नो स्वास्थ जिबन दैनिकी सन्चाल्नमा महिलाहरुको लागि सेनेटरी प्याड उतिकै महत्त्वपूर्ण रहेको र सोही कारण हामीले यो कार्यक्रम आयोजना गरिएको बताउदै कार्यक्रममा सुभकामना ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै गरि अर्का विशिष्ट अथिती अन्नपूर्ण गाउँपालिका शिक्षा संयोजक बलराम हुमागाई, पोखरा टेलिभिजनका म्यानेजर डाइरेक्टर माधबपनेरु, रीटनिज उपाअध्यक्ष पार्वती पौडेल रेग्मी, साथै समाज सेवी बाबुराम रेग्मी, पोखरा टेलिभिजन कार्यक्रम सन्चालिका गिता तिवारी, कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदूनेपालका केन्द्रीय सचिव लक्ष्मी गिरी, नेपाल च्याप्टर सह-संयोजक सावित्री गिरि, सह-संयोजक बिकास बराल सचिव हरि ढकाल,लेखा समिति सदस्य शिव गिरीको समेत उपस्थिती रहेको थियो भने कार्यक्रममा सुभकामनाको मन्तब्य लगतै तालिम प्रशिक्षण सुरुगरिएको थियो ।
अन्नपूर्ण गाउँ पालिकाका विभिन्न बिध्यालय बाट २० जना छात्रा हरुको सहभागिता रहेको थियो भने उक्त तालिम पखेटा नेपालनामक सस्थाका प्रशिक्षक सर्मिला ढुंगाना, सुनिता खनालले दिनुभएको थियो दिनभरी चलेको उक्त कार्यक्रममा केन्द्रीय महिला संयोजक पुजा गिरीको सम्योजकत्वोमा गरिएको थियो भने क्रायक्रमको अध्यक्षता नेपाल च्याप्टरका संयोजक बिश्वबन्दु थायाले गर्नु भयको थियो ।
सन्चारकर्मी सँग टेलीफोन सम्बादमा सस्था कि अध्यक्ष सिता बरालले कार्यक्रम सफलताको सुभकामना ब्यक्त गर्नुको साथै आफ्नो उदेश्य नै दुर्गम दुर दराज गाउँ, गाउँ बस्ती ,बस्तीमा दिन दुखि गरिब हरुको बीचमा जनचेतना शिक्षा, स्वास्थ्य मुलक कार्यक्रम गर्दै लैजाने र आगामी दिनमा अन्य गाउँपालिका को कार्यक्रम छिटो नै क्रमश सन्चालन गरिने जानकारी गराउनुको साथै कार्यक्रम सफल बनाउन लागि पर्नु हुने नेपाल च्याप्टरका सम्पुर्ण साथीहरू प्रमुख अथिती विशिष्ट अथिती, सहभागी छात्राहरु सन्चार कर्मी लगाएत प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नु हुने सबैलाई आफ्नो ब्यक्तिगत र सस्थाको तर्फबाट धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
शिक्षण कार्यक्रम सकिए लगत्तै तालीममा सहभागी प्रशिक्षार्थी छात्राहरु लाई प्रमाण पत्र सस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाले वितरण गर्नु भएको थियो भने प्रमुख अथि र विशिष्ट अथिति पोखरा टेलिभिजनका माधब पनेरु पखेटा नेपाल नामक सस्थालाई समेत मायको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व नेपाल च्याप्टर संयोजक श्री बिश्वबन्दु थापा ले गर्नु भयको थियो ।

कार्यक्रमको अन्त्यमा थापाले आफूलाइ आज अत्यन्तै खुसी लागेको र सस्थाले आगामी दिनमा यस्ता सिपमुलक योजाना ल्याउने साथै आज सहभागी छात्राहरुले आफुले आज सिकेको सिपलाइ अन्य साथीहरूलाई बैनीहरुलाई सिकाउदै लैजान आग्रह गर्दै कार्यक्रम सफल पार्न भौतिक, नैतिक साथै विभिन्न माध्यम साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रम केन्द्रिय सचीव लक्ष्मी गिरि र नेपाल च्याप्टर सचिब हरि ढकालले सन्चालन गर्नु भएको थियोे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
