‘कांग्रेस भएर कांग्रेसलाई नै हराउने छुट कसैलाई पनि छैन’

देशकै सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको राजनीतिमा लामो समय राजनीतिक अनुभव संगालेका नेता हुन्, शुक्रराज शर्मा । राष्ट्रिय सभा सदस्य समेत भईसकेका र झण्डै २ दशक नेपाली कांग्रेस कास्कीको नेतृत्व हांकेका शर्मा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशको सभापतिमा बिजयी भए ।

कांग्रेसप्रति जनताको विश्वास बढाउनुपर्ने, नैतिक आस्था, पद्धतिलाई जोगाउनुपर्ने लगायतका बिषयमा दृढ रहने शर्मा एक निष्ठावान नेताका रुपमा समेत परिचित छन् । देशैभर स्थानीय तहको निर्वाचनको माहौल तातिसकेको अवस्थामा समग्र गण्डकी प्रदेशमा स्थानीय तह निर्वाचनमा कांग्रेसको तयारी, टिकट वितरण, एमसिसी पास भएपछिको राजनीतिक अवस्था, कांग्रेसप्रति कार्यकर्ताको मोह र समसामयिक राजनीतिका बारेमा शर्मासँग नयाँपुस्ताका सह–सम्पादक गोविन्द मरासिनीले गरेको संक्षिप्त कुराकानी :

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेशलाई कसरी अगाडी बढाईरहनुभएको छ ?

गण्डकी प्रदेशमा मात्र नभई देशैभर नेपाली कांग्रेसको पक्षमा आन्तरिक माहौल र वातावरण बनाउन लागि परिरहेकै छौं । प्रदेशभित्र कांग्रेसलाई अझ मजबुद र बलियो बनाउनका लागि वडा र गाउँ तहदेखि नै टोल समिति मार्फत निर्वाचन प्रक्रियालाई अगाडी वढाइरहेका छौं ।

कांग्रेसको केन्द्रको निर्णय अनुसार ‘गाउँ–गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत अझै गहिराईमा पु-याएर ‘व्यक्तिलाई कांग्रेस बन्दा के हुन्छ ?, कांग्रेस नहुँदा के हुन्छ ? र कस्तो नोक्सान पुग्छ ? भन्ने प्रष्ट रुपमा घर–घर पुगेर जनतालाई बुझाईरहेका छौं । अब यो अभियानमा अझ व्यापकता ल्याउने छौं । राष्ट्रलाई कसरी समृद्व बनाउने, व्यक्ति व्यक्तिको पहुँचमा कांग्रेसलाई कसरी पु-याउने भन्ने अभियानमै हामी केन्द्रित छौं ।

स्थानीय तहको निर्वाचन नजिकिंदै छ, निर्वाचनमा कांग्रेसलाई जिताउन गण्डकी प्रदेशले के कस्ता एजेण्डा बनाएको छ ?

हामीले चुनाव केन्द्रीत एजेण्डाहरु बनाउँदा जुन ठाउँमा जुन सम्भाव्यता छ त्यसैलाई नै प्राथमिकतामा राखेर स्थानीय तहमा एजेण्डा बनाएका छौं । यसका लागि पनि टोल, वडा, पालिका र प्रदेश स्तरमा छलफल गरेर अगाडी बवढेका छौं । जसका लागि तल्लो तहमै छलफल गरेर आर्थिक सम्भाव्यता, पर्यटन, कृषि, नदीनाला, मठ मन्दिरको संरक्षणमा समेत जुटेका छौं ।

यसका साथै मुख्यतः शिक्षा र स्वास्थ्यका बारेमा राज्यले नै जिम्मा लिन सकेन् भने जनताले पार्टीप्रतिको अपनत्व बोध गर्दैनन् भन्दै यसलाई बिशेष रुपमा स्वास्थ्य र शिक्षामा गुणस्तर बढाउनुपर्ने लगायतका एजेण्डा कांग्रेसले अगाडी वढाउनुपर्ने हुन्छ । यस्तै, पर्यटनका दृष्टिकोणले अझ बढि सम्भावना बोकेको यस प्रदेशका पनि महत्व बोकेका पर्यटकीय स्थल, मठ मन्दिर, ताल तलैया र आध्यात्मिक पर्यटनको सम्भाव्यताका बारेमा समेत अगाडी बवढिरहेका छौं ।

हिजोका दिनमा प्रचण्ड ओली जीसँग जानुभएको हो तर उहाँहरु सँगै बस्नै सक्नुभएन । उहाँहरु सँगै भएको भए देशमा राजनीतिक अस्थिरता नै आउदैनथ्यो । उहाँहरुसँग प्रजातन्त्र नै छैन, भित्राएर पनि टिकायर राख्न सक्नुभएन् । उहाँहरुको नीति नै छैन । सामथ्र्य नै छैन, उहाँहरुमा खाली स्वार्थ मात्र छ । सबैलाई मिलाएर एकजुट बनाएर अगाडी बढ्न सक्ने पार्टी नैं नेपाली कांग्रेस हो ।

धार्मिक पर्यटनलाई आकर्षित गर्ने धेरै गन्तब्यहरु पनि यसै प्रदेशमा छन् । मुक्तिनाथ पुगेको मान्छेलाई अत्यन्तै छोटो दुरीमा मानसरोबरसम्मको यात्राका लागि पनि पु-याउने योजनामा छौं । हाम्रो प्रदेशमा शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्रदेशको हबका रुपमा विकास गर्नपर्छ भनेर जनतासामु आएका छौं । प्रजातन्त्रको आडमा स्थापित भएको पार्टीप्रति जनताको विश्वास छ र यी सबै काम हामीले गर्न सक्यौ भने पक्कै पनि हामीलाई जनताले माया गर्नेछन् भन्ने आशा लिएका छौं ।

आफ्नो प्रदेशभित्र लगानी नबवढाईकन आर्थिक पक्ष समृद्व बन्दैन भनेर घरेलु उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने, रोजगारीको सम्भावना बढाउने कार्यहरुमा समेत हाम्रो प्राथमिता रहेको छ ।

निर्वाचनको घोषणा भएपछि दलका नेता, कार्यकर्ताले पार्टी छोड्ने र भित्रने लर्को छ । आफ्नालाई जोगाउन र अन्य दलका नेता कार्यकर्तालाई आकर्षित गर्न कांग्रेसले के गर्दै छ ?

हामी प्रजातान्त्रिक पार्टी भएकोले सबैको आकर्षण हामी नै हौ भन्ने लाग्छ । तर, हामीले आफूलाई सुधार गर्न नसक्दा केही साथीहरु अन्य पार्टीमा जानुभएको यथार्थ हो । हामी गाउँ गाउँमा कांग्रेस के हो ? विगतमा के ग-यो ? भनेर प्रशिक्षण दिएर आम जनतालाई कांग्रेसप्रतिको आकर्षण बनाउन चाहान्छौं । कांग्रेसमा सबैको भविष्य छ भनेर बुझाउने छौं जसका कारण कांग्रेसमा लहर नै आउने छ ।

कांग्रेसमा लगानीको सुरक्षा छ, अन्तर्राष्ट्रिय मैत्री कांग्रेस हो, हामी शुशासन चाहान्छौं, इमान्दारीता चाहान्छौं, त्यसैले सबैले चाहेको पाटी नै कांग्रेस नै हो भन्ने मलाई लाग्छ । हिजोका दिनमा प्रचण्ड जी ओलीसँग जानुभएको हो तर उहाँहरु सँगै बस्नै सक्नुभएन । उहाँहरु सँगै भएको भए देशमा राजनीतिक अस्थिरता नै आउदैनथ्यो ।

उहाँहरुसँग प्रजातन्त्र नै छैन, भित्राएर पनि टिकायर राख्न सक्नुभएन् । उहाँहरुको नीति नै छैन । सामथ्र्य नै छैन, उहाँहरुमा खाली स्वार्थ मात्र छ । अन्य कुनै पार्टीमा कार्यकर्ता गएपनि उनीहरुमा मिलाउन सक्ने सामथ्र्य नै छैन । सबैलाई मिलाएर एकजुट बनाएर अगाडी बढ्न सक्ने पार्टी नैं नेपाली कांग्रेस हो । कांग्रेसमा आवद्व हुने सबैको भविष्य सुरक्षित छ । देश बनाउने भिजन र सबैलाई मिलाएर हिड्ने सामथ्र्य नै कांग्रेससँग छ ।

निर्वाचनमा टिकट दिन नेतृत्वले करोडौँ रकमको चलखेल गर्ने सुनिन्छ ? त्यसबाट अछुतो हुन सक्नुहुन्छ ?

यसमा म प्रष्ट रुपमा भन्न चाहान्छु । स्थानीय स्तरमै वडा तहमै छलफल हुन्छ । वडाका साथीहरुबीच छलफल हुन्छ । जसलाई उम्मेद्वार बनाउदा त्यहाँका साथीहरुले चुनाव जित्न सक्नुहुन्छ भनेर भन्नुहुन्छ, जसले समर्थन प्राप्त गर्नुहुन्छ त्यस्तो योग्य साथीहरुलाई उम्मेद्वारका लागि सिफारिस गर्नुहुन्छ र सोही व्यक्तिले नै टिकट पाउनुहुन्छ ।

उहाँलाई कसरी चुनाव जिताउने भन्ने मात्रमा ध्यान केन्द्रित हुन्छ, पैसाको चलखेल गरेर हिजोका दिनमा जस्तो केन्द्रबाट यसपाली टिकट दिईदैन । स्थानीय तहबाटै सिफारिस भएर आएकाहरु मध्येबाट जसले चुनाव जित्न सक्छ, उसैलाई छनौंट गरेर नै टिकट वितरण गछौं । जनताले हामीलाई भोट दिने हो हामीले जनतालाई योग्य उम्मेद्वार दिने हो ।

टिकट पाईसकेपछि टिकट पाउन चाहाना गरेका व्यक्तिहरुले भोट नहाल्ने र कांग्रेसलाई जिताउन नचाहाने प्रवृत्ति त्याग्नुपर्छ, त्यसले कांग्रेसलाई घाटा हुन्छ, कसैलाई कांग्रेस नहुन छुट छ, तर कांग्रेस भएपछि कांग्रेस र कांग्रेसको उम्मेद्वारलाई हराउन पाईदैन, यदि कसैले त्यसो गरेमा अनुशासनको कारवाही गछौं र पार्टीबाट समेत निष्काशन गछौं । त्यस्तालाई निराकरण गर्दछौं कांग्रेसलाई असहयोग गर्नेहरु कांग्रेसमै रहनुपर्छ भन्ने छैन ।

कसैलाई कांग्रेस नहुन छुट छ, तर कांग्रेस भएपछि कांग्रेस र कांग्रेसको उम्मेद्वारलाई हराउन पाईदैन, यदि कसैले त्यसो गरेमा अनुशासनको कारवाही गछौं र पार्टीबाट समेत निष्काशन गछौं ।

एमसिसीका बारेमा जनतामा भ्रम देखिएको छ, जनतालाई कसरी बुझाउनुहुन्छ ?

एमसिसीको बारेमा धेरै चर्चा परिचर्चा जरुरी छैन । यो अन्तर्राष्ट्रिय जगतबाट नै आधिकारिकता पाएको कुरा हो । यसमा कुनै भ्रम नै आवश्यक देख्दिन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमै भएको बेलामा संसदमा पेश भएको कुरा हो, यसलाई त्यही बेलामा अगाडी बढाउने भनेर उहाँहरुले समर्थन गर्नुभएको हो । यसको प्रक्रिया टुंगाउने कार्य मात्रै कांग्रेसले गरेको हो । हामीले कुनै टिकाटिप्पणी गर्नु जरुरी नै देख्दिन् । यो नेपाली जनताको हक हितमा रहेको छ । यसले कुनै देशलाई असर गर्दैन नेपालको हक, हितमै रहेको छ ।

पार्टीमा गुट उपगुट मौलाउँदो छ, कार्यकर्ताहरुमा निरासा छाएको छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हामी प्रजातन्त्रिक आस्था राख्ने पार्टीका कार्यकर्ता हौं । हाम्रो सम्पूर्ण विधान देखि नीति नियम केन्द्रीय समितिको निर्णय अनुसार हुन्छ । त्यसमा कोहि कसैले फरक मत राख्न पाउँछन् तर पार्टीको निर्णय सबैले मान्नुपर्छ । पार्टीभित्र सबैले आफ्नो बिचार राख्न पाउँछन् । जनताको साथ लिएर कांग्रेस अगाडी बढ्छ, सबै पार्टीमा गुट–उपगुट हुन्छन् तर यसले नै धेरै असर गर्छ भन्ने मलाई लाग्दैन् । पार्टीको निर्णय अनुसार अगाडी बढ्नेहरु पार्टीमा रहन्छन् अरु पार्टीको नीति नियम नमान्ने र अटेरी गर्नेहरु पार्टीभित्रै रहिरनुपर्छ भन्ने छैन ।

कांग्रेसले प्रदेश सभापतिलाई धेरै अधिकार दिएनन् भनिन्छ नि ?

आफूलाई जे अधिकार छ, त्यसलाई जिम्मेवारीका साथ प्रयोग गर्नु महत्वपूर्ण हो । जनता र पार्टीका लागि प्रदेश सभापतिको हैसियतले जे जति गर्न सकिन्छ जे जति अधिकार क्षेत्र छ त्यसभित्र बसेर पार्टीलाई मजबुत बनाउन सबै लाग्नुपर्छ भन्ने मेरो भनाइ छ । कांग्रेस जनताको पार्टी हो, परिवर्तनको एजेण्डासहित कांग्रेस सदैब जनतासामु छ, समृद्व देश बनाऔं, भोलीको युवालाई रोजगार उन्मुख बनाऔं भन्ने हाम्रो अभियानमा छ यसका लागि कुनै अधिकारको कुरा आउँदैन आ–आफ्नो तबरबाट अगाडी बढौं ।

More News last news
Loading...