एक लाख म्यादी प्रहरीमा भर्ना खुल्यो, दरखास्त दिने समय कहिलेसम्म ?

काठमाडौं । सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

समा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ ।

Advertisement

तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

More News last news
Loading...