आज (सोमबार) ह्वात्तै घट्यो सुनको भाउ, चाँदी पनि ओरालो

काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको भाउ आज सोमबार भने तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...