काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य झन् उकालो लागेको छ । शुक्रबारबार ६०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले महँगो हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
