काठमाडौँ । इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको उत्पादनमा विश्व प्रख्यात मानिन्छ ।
स्कुटर सेग्मेनटमा प्रिमियम ब्रान्डको पहिचान बनाएको भेष्पाको नेपाली बजारमा ८ भेरियन्टका स्कुटर उपलब्ध छन् । जसको मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ देखी ४ लाख २३ हजार ९४६ रुपैयाँसम्म निर्धारण गरिएको छ ।
भेष्पाको सबैभन्दा सस्तो र इन्ट्रले लेभल स्कुटर नोट्टे १२५ को मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ निर्धारण गरिएको हो । १२५ सिसी क्षमताको इन्जिन जडित यसको अधिकतम पावर १०।५ पिएस र टर्क १०।६ एनएम रहेको छ । प्रति लिटर इन्धनको खपतमा यसले ४० किलोमिटर माथीको माइलेज दिने दाबी गरिएको छ ।
मोनोलग स्टिल चेसिस स्ट्रक्चरमा बनेको यो स्कुटरको दुबै चक्कामा ड्रम ब्रेक दिइएको छ । १७७० एमएम लामो यो स्कुटर ६९० एमएम चौडा र ११४० एमएम अग्लो छ । यसमा ७ लिटर इन्धन अट्ने फ्युल ट्यांक जडान गरिएको छ ।
१२९० एमएम ह्विलबेश दिइएको यो स्कुटरको ग्राउन्ड क्लिरियन्स भने १५५ एमएम मात्र रहेको छ । मूल्य कम गर्न कम्पनीले यसमा कुनै पनि लाइट एलइडी दिएको छैन। यसको हेडलाइट हेलोजन तथा टेल लाइट र टर्न ल्याम्पमा सामान्य बल्ब राखिएको छ।
यसमा ५ एम्पियर आवर क्षमताको ब्याट्री दिइएको छ भने दुबै चक्कामा ट्युबलेस टायर जडान गरिएको छ। यसको इन्स्ट्रुमेन्ट कन्सोल पूर्णत एनालग प्रबिधीको छ । जहाँबाट स्पिड, सयम र फ्युलको अबस्थाका बारेमा जानकारी लिन सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
