काठमाडौँ । साताको तेस्रो दिन अर्थात (मंगलबार) सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलाको ११०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा यो वर्षयताकै अहिलेसम्मकै सबैभन्दा धेरै हो।
यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।तर यो वर्ष भने सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यो वर्ष सुनको मूल्य यतिधेरै बढेको यो पहिलो पटक हो ।
सोमबार पनि छापावाल सुन तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। सोमबार पनि तेजावी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, सुनको भाउ स्थिर रहेपनि आज चाँदीको मूल्य भने ओरालो लागेको छ । आइतबार १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ अत्यधिक बढेको छ ।
अहिले रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ। दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको हो। सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
