आज (आइतबार) उदुम बढ्यो सुनको भाउ, उच्च रेकर्ड पनि तोडियो

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउले झन् उकालो लागेको छ । शुक्रबार तोलाको ९०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबारबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको मूल्य भने उकालो लागेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ अत्यधिक बढेको छ ।

More News last news
Loading...