काठमाडौँ । नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको भेला सम्पन्न भएको छ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा हेटौंडास्थित होटल प्रकाशमा संघको भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै मुख्य मन्त्री पाण्डेले व्यवसायीहरु संगठित हुँदै पेशा व्यवसायका साथै कृषि उत्पादनमा जोड दिनुपर्ने बताए।
उनले कृषि उत्पादनका लागि व्यवसायीहरुले ल्याउने उत्पादनशील कार्यमा प्रदेश सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कृषि उत्पादन नै नेपालको प्रमुख पेशा भएका कारण यसप्रति युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘कृषि नै नेपालको प्रमुख पेशा हो । यसलाई उत्पादनशील बनाउनका लागि व्यवसायीहरु सधैँ अग्रसर रहनुपर्छ । यसको उत्पादन बढाउनका लागि ल्याउने जस्तोसुकै योजनामा पनि प्रदेश सरकार सहयोगका लागि तयार छ।’
त्यस्तै कार्यक्रममा संघका महासचिव प्रकाश गजुरेलले पेशा व्यवसायलाई मर्यादित बनाउँदै आलु प्याज उत्पादनलाई प्रोत्साहन गर्ने बताए । उनले नेपामा हुने आयातलाई घटाई निर्यातमा जोड दिने पनि प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘संघले आगामी दिनमा आलु प्याजको आयात निर्यात व्यापारलाई मर्यादित बनाउँदै लैजाने छ। साथै नेपामा हुने आयात घटाएर निर्यातमा जोड दिनका लागि हाम्रो प्रयास जारी छ।’


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
