दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घन्ट चोरी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घन्ट चोरी भएको छ।

दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घन्ट चोरी भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।

Advertisement

उनले भने, “यही फागुन १८ गते राति उक्त घन्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन।”

मन्दिरमा चढाइएको घन्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घन्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन्।

पछिल्लो समय देशभरका पूराना मन्दिरका मूर्ति र घण्ट चोरी सिकारी कार्य बढेर गएको छ । केही समय अगाडीमात्रै तनहुँको अकला मन्दिरको मूर्ति पनि चोरी भएको थियो ।

More News last news
Loading...