विलासिताका वस्तुमा नेपालीको मोह बढ्दो, खरिदमा खर्बौं रुपैयाँ बाहिरिंदै

काठमाडौँ । बैंकहरुमा अहिले पैसाको अभाव छ। पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन्। बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन्।

बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ।

Advertisement

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ। यो रकम २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो।

विभागका अनुसार पछिल्लो सात महिनामा मात्र नेपालले डिजेल खरिद गर्दा ७२ अर्ब ९६ करोड १९ लाख ३६ हजार रुपैयाँ भारतलाई बुझाएको छ। सोही अवधिमा नेपालले भारतबाट ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँको एलपीजी ग्यास खरिद गरेको छ।

भारतबाटै नेपालले ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको पेट्रोल चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खरिद गरेको छ।

सो अवधिमा विभिन्न देशबाट नेपालले २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्याङ्कले देखाउँछ।

पछिल्लो सात महिनामा मात्र टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ। सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ।

बितेका सात महिनामा नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन्।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ अर्ब २० करोड ८३ लाख रुपैयाँका बिभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन्। सो समयमा ३ अर्ब ४३ करोड ५४ लाख २३ हजार रुपैयाँको विद्युतीय काररजिप नेपालले खरिद गरेको छ।

पछिल्लो सात महिनामा इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ। उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन्। सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन्।

More News last news
Loading...