पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, लिटरको कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५.५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ ।

Advertisement

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

निगमका अनुसार ५.५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।

More News last news
Loading...