काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार तोलाको १६०० रुपैयाँले बढेको सुनको भाउ आज भने तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँका दरले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
