बैंक भित्रैबाट २ लाख रुपैँया गायब ! कारण थाहा पाउँदा झस्किनुहुन्छ

काठमाडौं । बैंकभित्र आँखा झिँमिक्क हुँदा एक सेवाग्राहीको २ लाख रुपैयाँ हराएको छ। यो घटना राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखामा भएको हो।

त्यहाँ एक सेवाग्राहीको भौचर भर्ने क्रममा २ लाख रूपैयाँ हराएको हो । हेटौंडा–१० मा रहेको म्यापल रेष्टुरेण्ट सञ्चालक युवा व्यवसायी राम महर्जनले आइतवार बैंक खातामा जम्मा गर्न लगेको नगद दुई लाख रूपैयाँ बैंकभित्रैबाट हराएको बताइएको छ।

Advertisement

प्रहरीले घटनाको अनुसन्धानसँगै पैसा लाने व्यक्तिको खोजी गरिरहेको छ । २ लाख ५५ हजार रूपैयाँ लिएर आइतवार दिउँसो सवा १ बजे सेवाग्राही महर्जन बैंक प्रवेश गरेका थिए ।

उनले ५५ हजार रूपैयाँ गोजीमा र २ लाख रूपैयाँ भने हातमा लिएर लाइन बसेका थिए । भौचरमा खाता नम्बर लेख्न बिर्सेकाले पुनः उनी लाइन छोडी भौचर भर्ने स्थानमा पुगेका थिए ।

भौचरमा खाता नम्बर लेख्ने क्रममा उनले हातमा रहेको २ लाख नगद टेबलमा राखेर भौचर नम्बर भरेका थिए । पैसा त्यहीँ बिर्सेर उनी लाइन बस्न पुगे । जब उनले काउण्टरमा पैसा बुझाउन खोजे हातमा पैसा थिएन।

हतारहतार भौचर भर्ने ठाउँमा हेर्न पुग्दा त्यहाँ राखिएको पैसा नभएको उनको भनाइ छ । करीब डेढ मिनेट अवधिमा पैसा गायब भएको उनले बताए । पैसा हराएपछि उनले बैंक म्यानेजर तथा कर्मचारीहरूलाई खबर गरे ।

सोधपुछ पछि पनि पैसा पत्ता नलागेपछि महर्जनले सुरक्षा निकायको मद्दत लिन पुगे । अहिले जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोली घट्ना भएको स्थानमा पुगेर बैंकमा रहेको सीसी क्यामराको सहयोगमा पैसा लैजाने व्यक्तिको खोजी गरिरहेको छ ।

More News last news
Loading...