काठमाडौं l प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।
संसद बैठक बुधबार बस्ने
प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ । आइतबार दुईवटा बैठक बसेको थियो ।
दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
गगन थापाको प्रश्न : एमसीसीलाई राष्ट्रघाती भन्ने मन्त्रीहरुले त्यतिबेला भांग खाएको थिए ?
नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी पास गरेपछिको १२ वर्ष एक महिनाको समयमा मन्त्री भएकाहरुले एमसीसीलाई राष्ट्रघात भन्नु भन्दा पहिला हेक्का गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारेको व्याख्यात्मक घोषणामा छलफल गर्दै १२ वर्ष एक महिनाको समयमा मन्त्रिपरिषद्मा बसेका मन्त्रीहरुले यसलाई राष्ट्रघाती भन्नु भन्दा पहिला ख्याल गर्नुपर्ने बताए ।
‘यो सम्झौता राष्ट्रघाती भन्नु भन्दा पहिला एक पटक ख्याल गरौं होइन भने केही समय अघि मन्त्रीजीले म क्याबिनेटमा थिए तर त्यो दिन मेरो पेट दुखेको थियो भनेको जस्तै अरुले पनि मैले त्यो दिन भांग खाएको थिए म सुरमा थिइन भन्ने अवस्था आउँछ ।’
‘हामी सबैले गर्यौं भनेर जिम्मेवारी लिऔं गलत केही गरेका छैनौं सही गरेका छौं’ उनले भने, ‘आज हामीले यसको थप व्याख्या गर्यौं, यो भन्दा बहेक एउटा दायित्व पनि नेपालमाथि सृजना हुँदैन भयो भने नेपालले सन्धी खारेज गर्छौं ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
