काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ घटेको छ। शुक्रबार तोलाको १००० रुपैयाँले घटेको सुनको भाउ आज (आइतबार) पनि तोलामा १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँ कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले घटेको छ। शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने घटेर प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
