स्याङ्जा कांग्रेस सभापति थापाको लोकप्रिय काम, सडक निर्माणका लागि करोडौ रकम बिनियोजन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाको पहलमा स्याङ्जाको घुम्ती चिसापानी हुँदै चित्रे भञ्ज्याङ सडक निर्माण हुने भएको छ । आज सडक डिभिजन कार्यालय पोखराले उक्त सडक निर्माणका लागि करिब २० करोडको टेण्डर आह्वान गरेको हो ।

व्यवस्थापिका संसद सदस्य रहँदा थापाले २०७३ सालमा उक्त सडक योजनाका लागि मन्त्रालयमा बजेट माग गरेका थिए । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहँदा उक्त सडक निर्माणका लागि स्वीज थिचेर सडको शिलान्यास गरेतापनि बजेटको व्यवस्था गर्न नसक्दा निर्माण प्रक्रिया अन्यौलमा परेको थियो ।

Advertisement

हाल शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै उक्त सडक योजनामा बजेट बिनियोजन भएको हो । यस सडकखण्ड अन्तर्गत घुम्तीबाट ८ किमी काहुँलेसम्म सडक कालोपत्रे भईसकेको छ भने अब काहुँलेबाट मग्याग्म चिसापानी हुँदै चित्रेसम्म सडक निर्माण हुने छ ।

यो सडक निर्माणका लागि बजेट बिनियोजन भएसँगै पर्यटकीय क्षेत्रका रुपमा बिकास भईरहेको कोल्मा, काहुँले, ओरष्टे, खुदी, सालडाडा, चुइकुना, मग्याम चिसापानी सहित स्याङ्जाको दक्षिण पूर्वी क्षेत्रका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

आफ्नो बर्षौदेखिको योजना सफल हुने क्रममा अगाडी वढेको भन्दै थापाले बर्तमान सरकारलाई धन्यवाद दिदैं आफू सदैव स्याङ्जा र स्याङजाबासी जनताहरुको साथमा रहँदै बिकासको कार्यलाई अगाडी वढाउने प्रतिवद्वता समेत जनाए । स्याङ्जाको बिकासमा निरन्तर सक्रिय रहेका थापाको पहलमा थुप्रै बिकास निर्माणका कार्यहरु सम्पन्न भईसकेका छन् भने केहि निर्माणको चरणमै रहेका छन् ।

More News last news
Loading...