काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीमा जुटेको छ ।
कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्धय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी ३० वैैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए ।
कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागीताको अपेक्षा गरेको छ । महानगरका लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ ।
कांग्रेसको सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलगाएसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेद्वारीको घोषणा नगर्न नगराउन पनि पोखरा महानगरपालिकाले अनुरोध गरेको छ।
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन २६ फागुनदेखि
असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ । गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् ।
२९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो । नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोही बजेट अहिले कार्यान्वयनमा छ ।
हिउँदे अधिवेशनमा बढी विधेयकमाथि छलफल हुन्छ । सरकारले अधिकतम् विधेयक प्रदेशसभामा लैजाने र पारित गर्ने तयारी गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
