बिखन्डनकारी नियन्त्रित २ युक्रेनी राज्यलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

एजेन्सी/मस्को l रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् ।

पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।

Advertisement

घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ । पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।

एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन्।

रुसमाथि प्रतिबन्ध लगाउन युक्रेनको माग

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए ।

More News last news
Loading...