कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले भने, ‘कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब दुई अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भयो ।’

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो, करिव ५९ लाखले गुमाए ज्यान

विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ । ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन् ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक÷एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन् । सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन् ।

संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ ।

हालसम्म ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६, फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५, बेलायतमा १ करोड ८४ लाख ९९ हजार ५८, रुसमा १ करोड ४८ लाख ९९ हजार ५८, टर्कीमा १ करोड ३२ लाख ६६ हजार २६६, जर्मनीमा १ करोड ३१ लाख ५४ हजार ५४१, इटालीमा १ करोड २३ लाख २३ हजार ३९८ र स्पेनमा १ करोड ७ लाख ७८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये हालसम्म ३४ करोड ४३ लाख १८ हजार ८७७ जना निको भइसकेका छन् ।

अमेरिकामा सबैभन्दा बढीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा ५८ लाख ८२ हजार ६३ जनाको मृत्यु भइसकेको छ ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत, रुस, फ्रान्स, बेलायत, जर्मनी, इटाली, अर्जेन्टिना, इरान, कोलम्बीया, मेक्सिको, इन्डोनेसिया, युक्रेन र पेरुमा भएको छ । यी प्रत्येक राष्ट्रमा कोरोनाका कारण एक लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ९ लाख ५५ हजार ४९७ जनाको मृत्यु भएको छ । अमेरिकापछि मृत्यु हुनेको दोस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा ६ लाख ४१ हजार ९९७ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सका अनुसार हालसम्म कोरोनाका कारण भारतमा ५ लाख १० हजार ९३७, फ्रान्समा १ लाख ३६ हजार १४२, बेलायतमा १ लाख ६० हजार २२१, रुसमा ३ लाख ४३ हजार १७३, जर्मनीमा १ लाख २१ हजार ४४७, इटालीमा १ लाख ५२ हजार २८२, अर्जेन्टिनामा १ लाख २४ हजार ९२४, इरानमा १ लाख ३४ हजार ४२०, कोलम्बीयामा १ लाख ३७ हजार ७३३, मेक्सीकोमा ३ लाख १४ हजार ५९८ जनाको मृत्यु भएको छ ।

More News last news
Loading...